नेपाल एग्रो र गणपति माइक्रोफाइनान्सको कारोबार खुल्यो, ओपनिङ्ग रेञ्ज कति ?

May 19, 2019 Merolagani



नेपाल एग्रो र गणपति माइक्रोफाइनान्सको  नेपाल स्टक एक्सचेञ्जमा आइतबारदेखि शेयर कारोबार सुरु भएको छ। नेप्सेले नेपाल एग्रोको कारोबार संकेत एनएजीआरओ (NAGRO) र  गणपतिको कारोबार संकेत जीएमएफबीएस (GMFBS) तोकेको छ ।

नेपाल एग्रोको लागि न्युनतम १०३ रुपैयाँ ४८ पैसा अधिकत्तम ३१० रुपैयाँ ४४ पैसामा पहिलो कारोबार गर्न ओपनिङ्ग रेन्जव तोकिएको छ । त्यस अनुसार पहिलो कारोबार खुल्नेछ । 

नेपाल एग्रोले शुक्रबार ४ लाख ९७ हजार ७७८ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । कुल सूचीकृत शेयरमध्ये १ लाख ६१ हजार ७७८ कित्ता सर्वधारण र बाँकी ३ लाख ३६ हजार संस्थापक शेयर हो ।

यस्तै गणपति माइक्रोफाइनान्सको पनि आइतबार देखि नै कारोबार खुलेको छ । नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ७८ रुपैयाँ ९० पैसा र अधिकत्तम २३६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

त्यस अनुसार आजको कारोबार खुल्नेछ ।

गणपतिको गत शुक्रबार १० लाख ३५ हजार कित्ता शेयर सूचीकृत भएको छ । कुल सूचीकृत शेयरमध्ये ३ लाख ३५ हजार कित्ता सर्वसाधारण र बाँकी ७ लाख कित्ता संस्थापक शेयर रहेको छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।