नाडेप लघुवित्तको प्रगतिमा अवरोध , खराब कर्जाको बोझ बढ्दै

May 19, 2019 Merolagani



नाडेप लघुवित्त (NADEP) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा दुई करोड ७७ लाख रुपैयाँले घटेको छ। गत वर्षको चैत मसान्तमा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले समीक्षा अवधिमा एक करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ ।

कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा वृद्धि हुँदा लघुवित्तको नाफा खस्किएको हो ।

यस त्रैमासमा लघुवित्तको जगेडा कोषमा सुधार भएको देखिन्छ । गत आर्थिक वर्षको यसै अवधिमा १५ करोड ५६ लाख रुपैयाँबाट बढेर २२ करोड ४८ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा ४४.४० प्रतिशले बढेको हो ।

लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ छ । लघुवित्तले गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस पनि वितरण गरेको छ । यद्यपि लघुवित्तले वित्तीय विवरणमा बोनस जोडेको छैन । उक्त बोनस शेयर पछि लघुवित्तको चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

चालु आवको चैत मसान्तसम्ममा एक अर्ब ५ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले दुई अर्ब १६ करोड ५० लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था मार्फत ऋण गरेर तीन अर्ब ६९ करोड ६७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिमा लघुवित्तले १८ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी १४ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष लघुवित्तले १६ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात पनि बढेको देखिन्छ। लघुवित्तको निष्कृय कर्जा २.२० प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।