७३ मेगावाटको मध्यतमोरको निर्माण तीव्र गतिमा,सन् २०२२ मा सम्पन्न गर्ने

May 19, 2019 RSS



ताप्लेजुङस्थित तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको निमार्ण कार्यले तीव्र गति लिएको छ। आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ्ग प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीना अघिबाट निमार्ण थालिएको हो ।

निमार्ण शुरु भएको छोटो अवधमिा नै २७७  मिटर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मिटर सुरुङ मार्ग निमार्ण  पूरा भएको छ  भने ३०२ मिटर  सुरुङमार्ग मध्ये २८० मिटर पूरा भएको छ ।

यस्तै आयोजनाको हेडवर्क्सका समेत आवश्यक संरचना निमार्ण पनि अघि बढेको छ । यी संरचना फुङ्लङि नगरपालकिामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मत्लिुङमा निमार्ण भइरहेको हो। चिनीयाँ निमार्ण व्यवसायी कम्पनी झझिोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निमार्ण गरिरहेको हो ।

आयोजना निमार्णको गतलिाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा. मणरिाज पोखरेलको भनाइ छ । नेपाली इन्जीनियरले डिजाइन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजना मध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए ।

कूल १२ अर्ब बराबरको लागतमा निमार्ण हुने सो आयोजनामा २५ प्रतशित स्वलगानी र ७५ प्रतशित सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मक्विाखोला गाँउपालिका –२ खोक्लङि र फक्ताङलुङ गाँउपालिका –१ सावादनिमा रहने आयोजनाले जनाएको छ ।

यस्तै फुङलङि नगरपालिकाको फुरुम्बुस्थति मत्लिुङमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निमार्ण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मिटरको सुरुङमार्फत खोक्लङिको थुम्बाबेँसीमा पुर्‍याइनेछ । यस आयोजनाबाट उत्पादीत विद्युत मैवाखोला गाँउपालिकाको ढुङ्गेसाँघुमा निमार्ण हुने सव स्टेशनमा पुर्‍याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए ।

सुरुमा ५४ मेगावाट विद्युत उत्पादन गर्ने गरी प्रक्रिया अघ बढे पनि पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया बढ्दै गर्दा निमार्ण  क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि हेडवर्क्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।