युनाईटेड फाइनान्सले भारतको मुत्तूटलाई बिक्री गरेको शेयर नेप्सेमा सूचीकृत

May 20, 2019 Merolagani



युनाईटेड फाइनान्सको संस्थापक शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। फाइनान्सले भारतको कोचीस्थित मुत्तूट फाइनान्सलाई बिक्री गरेको २१ लाख कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको हो ।

युनाईटेड फाइनान्सले मुत्तूट फाइनान्सलाई अंकित एक सय रुपैयाँमा ९० रुपैयाँ प्रिमियम थपगरी १९० रुपैयाँका दरले ३९ करोड ९० लाख रुपैयाँ बराबरमा २१ लाख कित्ता थप संस्थापक शेयर बिक्री गरेको थियो ।

फाइनान्सको २४ औं वार्षिक साधारण सभाले मुत्तुट फाइनान्सलाई संस्थापक शेयर जारी गर्ने सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । साधारण सभा २०७५ कार्तिक ३० गते आम्रपाली बैंकेट भाटभटेनीमा भएको थियो ।

मुत्तुट फाइनान्सलाई २१ लाख कित्ता संस्थापक शेयर बिक्री गरे सँगै फाइनान्सको चुक्ता पूँजी ८० करोड ५ लाख रुपैयाँ बाट एक अर्ब एक करोड ५ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ७६ पैसा छ । मूल्य आम्दानी अनुपात २८.८४ गुणा छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।