तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा यस्तो छ ४१ लघुवित्तको तुलनात्मक विश्लेषण

May 20, 2019 Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ४१ लघुवित्त मध्ये छिमेक लघुवित्त सबैभन्दा बलियो देखिएको छ भने नेपाल सेवा कमजोर देखिएको छ । छिमेक लघुवित्तले जगेडा कोष, निक्षेप संकलन, कर्जा परिचालन, खुद व्याज आम्दानी र खुद नाफामा अरु भन्दा राम्रो देखिएको छ ।

चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छिमेक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा १ अर्ब ८१ लाख रुपैयाँ जगेडा कोषमा संचित छ । यस्तै १३ अर्ब ९० लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । १ अर्ब २३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छिमेक लघुवित्तले ६४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

निर्धन उत्थान लघुवित्तको सबै भन्दा धेरै १ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी छ । निर्धनको जगेडा कोषमा १ अर्ब ३८ करोड संचित छ ।

यस्तै १० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ५५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । एक अर्ब १५ करोड खुद व्याज आम्दानी गरेको निर्धनले ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेर दोस्रो स्थानमा रहेको छ ।

सबै भन्दा कम चुक्ता पूँजी भने जनउत्थान लघुवित्तको ३ करोड ९० लाख रुपैयाँ छ । यस्तै अन्य सूचकहरु भने नेपाल सेवा लघुवित्तको कमजोर रहेको छ । नेपाल सेवाको जगेडा कोषमा ४७ लाख ३० हजार रुपैयाँ मात्रै संचित छ । यो ४१ लघुवित्तहरु मध्येको सबै भन्दा कम हो ।

यस्तै नेपाल सेवाले यस अवधिमा ६ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३६ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । १ करोड ७२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको नेपाल सेवाले १३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।