पाकिस्तानमा केन्द्रीय बैंकले ब्याजदर बढायो, पूँजी बजारबाट पूँजी बाहिरियाे

May 22, 2019 agency

पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले ब्याजदर बढाउने निर्णय गरेको छ। मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा बैंकले ब्याजदर १.५० प्रतिशतले बढाएर १२.२५ प्रतिशत पु¥याएको छ । यसअघि पाकिस्तानको ब्याजदर १०.७५ प्रतिशत थियो

मुद्रास्फीति दबाब, आर्थिक वित्तीय घाटा तथा विनिकय दरमा गिरावटको कारण देखाउँदै प्रमुख बैंकले ब्याजदरमा बढोत्तरी गराएको हो । गत हप्ता ६ अर्ब डलरको कर्जाको विषयलाई लिएर अन्तराष्ट्यि मुद्राकोषका साथ प्रारम्भिक सम्झौतापछि पाकिस्तानले यस्तो कदम उठाएको बताइएको छ ।

स्टेट बैंक अफ पाकिस्तानले नयाँ ब्याजदर २१ मे देखि लागू भएको बताएको छ । यसअघि केन्द्रीय बैंकले मार्चमा पछिल्लो मौद्रिक नीति समीक्षामा नीतिगत दर ०.२५ बाट बढाएर १०.७५ प्रतिशत पुर्याएको थियो ।

बैंकले आर्थिक वर्ष २०१९ मा पाकिस्तानको अर्थतन्त्र सुस्ताउने र आगामी वर्ष भने मध्यम गतिको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ । एसबीपीले अन्तरराष्ट्रिय मुद्रा कोषको आर्थिक सहायताले भने आर्थिक गतिविधिमा केही सुधार आउने अनुमान गरेको छ ।

उता पाकिस्तानी शेयर बजारमा पछिल्लो समय लगातार घटिरहेको छ । लगानीकर्ताहरूले शेयर बजारमा गरेको लगानी झिकेर निश्चित आय आउने सेक्युरिटिजमा लगानी गर्न थालेपछि लगातार सातौं हप्ता पनि बजार रातोमा आएको हो । यो कमीसँगै विगत ७ हप्ताको कारोबारमा शेयर बजार १४ प्रतिशतले घटिसकेको छ । यो विगत १७ वर्षयताकै सबैभन्दा लामो कमी हो ।

गएकोे हप्ता बेञ्चमार्क केएसई¬–१०० परिसूचक १ हजार ५ सय ५० अंक (साढे ४ प्रतिशत) ले घटेको थियो । यो विगत ३० हप्तायताकै उच्च कमी हो । त्यसैगरी शुक्रवार बजार बन्द हुँदा केएसई ३३ हजार १ सय ६७ अंकमा आएर बन्द भएको थियो । यो तीन वर्षकै न्यून हो ।

बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई ६ अर्ब डलरको वित्तीय सहायता उपलब्ध गराउने समाचार सार्वजनिक भएपछि हप्ताको शुरुदेखि नै लगानीकर्ताहरुमा त्रास बढेको थियो ।

-एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।