अमेरिका–ईरानबीच तनाव बढ्याे,इरानद्वारा वार्ता अस्वीकार

May 23, 2019 Merolagani

ईरानका राष्ट्रपति हसन रूहानीले अमेरिकाका साथ वार्ता गर्नका लागि अस्वीकार गरिदिएका छन् । उनले हालको अवस्थामा अमेरिकासँग वार्ता गर्न असम्भव रहेको भन्दै वार्ता अस्वीकार गरेका हुन् ।

खबरका अनुसार, रूहानीले विवादित मुद्दाको समाधान कूटनीतिक प्रक्रियाबाट समाधान गर्नका लागि अनुरोध गरेका छन् । तर उनी हालको समयमा अमेरिकाका साथ कुनै पनि प्रकारका वार्ता नहुने प्रष्ट पारेका छन् ।
उनले अमेरिकाद्धारा लगाइएको आर्थिक प्रतिबन्धको सामना गर्नका लागि ईरानी नागरिकहरूलाई एकजुट हुनका लागि आग्रह समेत गरेका छन् ।

अमेरिका र ईरानका बीच हाल एकदमै तनावको अवस्था रहेको छ । खाडी क्षेत्रमा भइरहेको आक्रमणका लागि पनि अमेरिकाले ईरानलाई नै जिम्मेवार रहेको बताइरहेको छ । यद्यपी राष्ट्रपति ट्रम्पले ईरान र अमेरिकाका साथ भेटवार्ता सम्भव भएको संकेत दिएका छन् ।

सरकारी समाचार संस्था आईआरएनएका अनुसार, रूहानीले आजको समय उनका लागि वार्ताको नभइ प्रतिरोधको अवस्था रहेको बताएका छन् ।

उता केही दिन पहिले मात्र ट्रम्पले एउटा ट्वीट गर्दै इरानले युद्ध चाहेको हो भने उसकोे आधिकारीक अन्त्य हुनेछ भन्दै चेतावनी समेत दिएका थिए । त्यसपछि अमेरिका–ईरानको सम्बन्ध झनै तनावग्रस्त बन्दै गइरहेको छ ।

- एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।