पाँचथर पावरको आईपिओ बिक्री गर्नै मुस्किल, पन्ध्र कारोबार दिनमा २२० कित्ता मात्र कारोबार

May 23, 2019 Tirtha Raj Poudyal

पाँचथर पावर कम्पनीको साधारण शेयरमा लगानी गरेका लगानीकर्तालाई आफुलाई परेको शेयर बिक्री गर्न मुस्किल परेको छ। नेप्सेले दिएको अधिकतम ओपनिङ्गरेञ्जमा कारोबार खुला भएको कम्पनीको शेयर ३० प्रतिशतले घट्दा समेत खरिदकर्ता भेटाउन सकिएको छैन।

कम्पनीको शेयर जेठ ९ गते बिहीबार २० कित्ता सहित १५ कारोबार दिनमा जम्मा कूल २२० कित्ताको मात्र कारोबार भएको छ। कम्पनीको शेयरमूल्य बैशाख २२ गते २६० रुपैयाँमा खुला भएको थियो। यसबीचमा कम्पनीको शेयरमूल्य ३०.३८ प्रतिशत अर्थात ७९ रुपैयाँले घटेर १८१ मा झरेको छ। घटेको मूल्यमा पनि शेयर खरिद चाहने लगानीकर्ता  शुन्य जस्तै देखिन्छ ।

कम्पनीको शेयर कारोबार खुला भएको पहिलो दिन बैशाख २२ गते ४० कित्ता २५५ रुपैयाँमा पहिलो कारोबार भयो। दोस्रो दिन पनि ४० कित्ता शेयर कारोबार भएको कम्पनीको शेयर ६.२७ प्रतिशत घटेर २३९ मा कारोबार बन्द भएको थियो।

तेस्रो कारोबार दिन ९.६२ प्रतिशत शेयरमूल्य घट्दा कम्पष्नीको ६० कित्ता शेयर कारोबार भयो। सो दिन कम्पनीको शेयर २१६ मा बन्द भएको थियो। चौथो कारोबार दिन बैशाख २५ गते १० कित्ता मात्र कारोबार भएको कम्पनीको शेयरमूल्य ४.६३ प्रतिशत घटेर २०६ रुपैयाँमा बन्द भएपश्चात कम्पनीका शेयर कारोबार एकैपटक जेठ ६ गते मात्र भयो। यस बीचमा कम्पनीको शेयर बिक्री गर्ने भेटिएपनि खरिदकर्ता भेटिएनन्।

जेठ ६ गते ५० कित्ता शेयर कारोबार भएको कम्पनीको शेयरमूल्यमा ७.७७ प्रतिशतको गिरावटसँगै १९० मा बन्द भएको हो ।

त्यसको ३ दिनपश्चात जेठ ९ गते मुस्किलले कम्पनीको २० कित्ता शेयर कारोबार भएको छ । यसदिन कम्पनीको ४.७४ प्रतिशतले शेयरमूल्य घटेर १८१ मा झरेको छ । बिहीबार ६८ वटा बिक्री अर्डर बाट ३ हजार ३२० कित्ता शेयर बिक्री रहेकोमा २० कित्ताको कारोबारले पनि कम्पनीको शेयर कारोबारमा देखिएको सुस्ततालाई बुझ्न सकिन्छ।

नेप्सेमा सूचीकृत गर्दा नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग प्रदान गर्ने गरेको छ । उच्च मूल्यमा कारोबार खुलेर आईपिओ खरिद गरेको मूल्यमा शेयरमूल्य घट्दा हाइड्रोपावर कम्पनीमा शेयर लगानी गरेका लगानीकर्ताहरुमा निराशा पैदा हुने गरेको छ। नाफा कमाउँला भनेर आईपिओमा लगानी गरेका लगानीकर्ता हरेक हाइड्रोपावरको शेयर घटेर अंकितमूल्यमा झर्न थालेपछि केही भने अबदेखि हाइड्रोको शेयर नभर्ने प्रतिज्ञा समेत गर्न थालेका छन्।

लघुवित्तमा आईपिओ पर्ने मुस्किल रहेको अवस्थामा हाइड्रेपावरमा लगानी गरेका लगानीकर्ता आफुलाई परेको हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य अंकित मूल्यभन्दा तल झर्न थालेपछि थप निराश बनेका छन् ।

पाँचथर पावरले गत फागुन २३ गते बाँडफाँड गरिएको उक्त आईपीओ सहित बैशाख १९ गते बिहीबार कम्पनीले नेप्सेमा कूल ९६ लाख २५ हजार साधारण शेयर सूचीकरण गराएको थियो। कम्पनीले गत फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सानिमा क्यापिटल मार्फत कूल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरिरहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको साधारण लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने कम्पनीले जनाएको छ। आगामी १२ वर्षको औसत इक्विटी प्रतिफल १०.३३५ रहने प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा, आगामी आर्थिक वर्षमा १६ रुपैयाँ ५८ पैसा र आर्थिक वर्ष २०७७/७८ मा १९ रुपैयाँ ३८ पैसा पुग्ने प्रक्षेपण छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।