अमेरिका–चीन व्यापार युद्ध विश्वव्यापी आर्थिक वृद्धिका लागि खतराः आईएमएफ

May 24, 2019 merolagani

अन्तराष्ट्रिय मुद्रा कोषले अमेरिका र चीन बीचको व्यापार तनाव बढ्दा सन् २०१९ को विश्वव्यापी आर्थिक वृद्धिमा सुधारको अनुमानमा जोखिम पर्नेसक्ने बताएको छ ।

लामो समयदेखि जारी अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी आपूर्तिमा समेत बाधा हुने भन्दै यो युद्ध आर्थिक खतराको संकेत भएको जनाएको छ ।

केही दिन पहिले मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०० अर्ब डलर बरारबको चिनीयाँ सामानमा शुल्क बढाएर २५ प्रतिशत पुर्याएको केही दिनपछि आईएमएफले यस्तो बताएको हो ।

आईएमएफले भनेको छ, व्यापार तनावबाट स्पष्ट रूपमा अमेरिका र चीनका उपभोक्ताहरूलाई अधिक नोक्सान भइरहेको छ । तर हाल अमेरिका र चीनले एक अर्काको देशको सामानमाथि शुल्क बढाउने घोषणा गरेसँगै दुई देशका बीचमा व्यापार प्रभावित हुनका साथै विश्वव्यापी जीडीपी अल्पकालमा ०.३३ प्रतिशत प्रभावित हुने उल्लेख गरेको छ ।

गत वर्ष मार्चमा अमेरिकाद्धारा चीनबाट आयातित जस्ता र आल्मुनियममा भारी शुल्क लगाएको थियो । त्यसको जवाफमा चीनले पनि अरबौँ डलरको आयातित सामानमा शुल्क लगायो । जसबाट विश्वको दुई ठूलो अर्थ व्यवस्था भएका देशहरूबीच विश्व व्यापार युद्धको आशंका बढ्दै गयो ।

यसबाट व्यापार एवम् वित्तीय बजारमा असर पर्नुका साथै अन्तराष्ट्रिय मुद्रा र लगानीका क्षेत्रमा समेत नकारात्मक असर पर्ने बताइएको छ । एजेन्सी

comments powered by Disqus