ऊर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्न राष्ट्रसंघ इच्छुक

May 26, 2019 RSS

नेपालको ऊर्जा र जलविद्युतको क्षेत्रको ठूलो सम्भावना रहेको भन्दै संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषदले सहकार्य गर्न इच्छुक रहेको धारणा राखेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव लिउ झिन मिनबीच भेटवार्ताको क्रममा उपमहासचिव झिनले ऊर्जा क्षेत्रमा पनि नेपालले गरिरहेको प्रगतिको प्रशंसा गर्दै राष्ट्रसंघ नेपाल सरकारसँग नजिक रहेर काम गर्न इच्छुक रहेको समेत बताए।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा शुक्रबार उनीहरुबीच भएको भेटवार्तामा ऊर्जा क्षेत्रमा सयुक्त राष्ट्रसङ्घ र नेपाल सरकारबीच गर्न सक्ने सहकार्य र दिगो विकासको बारेमा छलफल भएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

भेटमा मन्त्री पुनले नेपालले ऊर्जाको पहुँचलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए । उनले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारले राखेको भन्दै त्यसका लागि काम अघि बढिरहेको समेत भेटमा बताए ।

भेटमा मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै देशमा स्थिर सरकार बनेको र अहिले दिगो विकासको लक्ष्यसहित सामाजिक–आर्थिक विकासको बाटोमा अगाडि बढेको धारणा राख्खेका थिए।

मन्त्री पुनले सफा ऊर्जाबाट आयातित पेट्रोलियम घटाउँदै जाने नेपालको लक्ष्य रहेको उल्लेख गर्दै अहिले निर्माण भइरहेका जलविद्युत परियोजनाबाट यस क्षेत्रमा महत्वपूर्ण प्रगति भइरहेको जानकारी गराए। उनले दिगो विकास लक्ष्यमा समेटिएको ऊर्जा सम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकारले कार्यक्रम मै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।