महालक्ष्मी विकास बैंकको दुई शाखा औपचारिक सञ्चालनमा

May 26, 2019 Merolagani

महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिकावडा नं १५, स्थित डल्लु शाखा जेठ ६ र वडा नं १६, स्थित नयाँबजार शाखाको जेठ १२ गते औपचारिक सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा महानगरको दुई स्थामा शाखा थपेको हो। डल्लु शाखाका निर्वाचन क्षेत्र नं ८ का माननीय सांसद जीवन रामश्रेष्ठ र नयाँँबजार शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य राजेश कुमार रौनियारले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले ग्राहकहितलाई मध्यनजर गर्दै बचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको बताउँदै देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए।

यस्तै उनले देशका शहरी तथा ग्रामीण क्षेत्रमाविभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटाएटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी पुगिसकेको बताए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।