अपर तामाकोशीको साधारण सभा आह्वान, चार जना सञ्चालक चयन गर्ने

May 26, 2019 Merolagani



अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चार जना सञ्चालक चयन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ। जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले असार ११ गते बिहान ११ बजे कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ११ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुनेगरी ४ जना संचालकको निर्वाचन गर्ने तयारी गरेको छ ।

यस्तै कम्पनीले आयोजना स्थानमा विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई आर्थिक वर्ष २०७४/७५ मा उपलब्ध गराइएको आर्थिक सहयोगको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले आगामी जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ २० गतेसम्म कायम शेयरधनी मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।