एभरेष्ट इन्स्योरेन्सको ३००% हकप्रद बिक्री खुला, बैशाख ८ गतेसम्म कायम शेयरधनीले पाउने

May 28, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स(EIC) ले जेठ १४ गते मंगलबारदेखि चुक्ता पूँजीको तीन सय प्रतिशत अर्थात एक बराबर तीन अनुपात हकप्रद शेयर बिक्रीमा ल्याएको छ। बीमा समितिको निर्देशन अनुरुप एक अर्ब पूँजी कायम गर्न कम्पनीले भारी हकप्रद बेच्न लागेको हो।

बीमा समितिको निर्देशन अनुरुप कम्पनीले गत मंसिर १६ देखि पुस २२ गतेसम्म संस्थापक साधारण शेयर अनुपात मिलाउन यसअघि १०५ प्रतिशत संस्थापक हकप्रद बेचिसकेको कम्पनीले एक अर्ब चुक्ता पूँजी कायम गर्न दोस्रो पटक ३०० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो।

संस्थापक हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ कायम भएको छ । १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद जारीपश्चात एभरेष्टको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुकक्लोज गरेको थियो। यसअनुसार बैशाख ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन भर्न पाउनेछन्। इन्स्योरेन्सको शेयर जेठ १३ गते सोमबार धितोपत्रको दोस्रो बजार प्रतिकित्ता ४२५ रुपैयाँमा कारोबार भएको छ ।

इन्स्योरेन्सको हकप्रदमा सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, एभरेष्ट इन्स्योरेन्स हात्तिसार तथा सम्पूर्ण शाखा कार्यालयहरु, मेरो शेयर तथा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यता अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिनेछ। हकप्रदमा आवेदन दिने अन्तिम दिन असार १६ गते रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।