सानिमा बैंकमा खाता खोल्दा घातक रोगको विरुद्ध बीमा सुविधा पाउने

May 28, 2019 Merolagani



सानिमा बैंक (SANIMA) मा बचत खाता खोल्ने ग्राहकले ६ घातक रोग विरुद्ध बीमा सुविधा पाउने भएका छन् । बैंकले र मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा नँया तथा पुराना बचत खाताका ग्राहकहरुको लागि बीमा योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहित ३ लाख रुपैयाँको बीमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बीमा प्रदान गर्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत नँया ग्राहकहरुले बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्ने छ भने पुराना ग्राहकहरुले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट लग ईन गरि बीमा योजनाको आवेदन दिन सकिने बैंकले जनाएको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।