सानिमा बैंकमा खाता खोल्दा घातक रोगको विरुद्ध बीमा सुविधा पाउने

May 28, 2019 Merolagani



सानिमा बैंक (SANIMA) मा बचत खाता खोल्ने ग्राहकले ६ घातक रोग विरुद्ध बीमा सुविधा पाउने भएका छन् । बैंकले र मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा नँया तथा पुराना बचत खाताका ग्राहकहरुको लागि बीमा योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहित ३ लाख रुपैयाँको बीमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बीमा प्रदान गर्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत नँया ग्राहकहरुले बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्ने छ भने पुराना ग्राहकहरुले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट लग ईन गरि बीमा योजनाको आवेदन दिन सकिने बैंकले जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।