अमेरिकामा भिसा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण पेश गर्नेुपर्ने

Jun 02, 2019 agency

ट्रम्प प्रशासनले अमेरिकी भिसा आवेदनमा कडाई गर्ने भएको छ । अमेरिकामा अब भिसा आवेदन गर्नका लागि आवेदकहरूले आफ्नो सामाजिक सञ्जालको विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ । यो अमेरिकामा विदेशी आगन्तुक र प्रवासीहरूको स्क्रिनिङको एउटा हिस्सा भएको बताइएको छ ।

अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा आवेदकका लागि विद्यमान व्यवस्थामा परिमार्जन गर्दै सामाजिक सञ्जालका गतिविधिह? आवेदनका क्रममा पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको हो ।

ट्रम्प प्रशासनले सन् २०१७ मा यससम्बन्धी प्रस्ताव गरेको थियो । फेडरल रजिस्टारका अनुसार, यस्तो व्यवस्था कार्यान्वयन भएसँगै एक करोड ४० लाख यात्री र अमेरिकामा रहेका ७ लाख १० हजार आप्रवासीह? प्रत्येक वर्ष प्रभावित हुने अनुमान गरिएको छ ।

स्टेट विभागका अधिकारीहरूका अनुसार आवेदकहरूले सामाजिक सञ्जालको नामसँगै पाँच वर्षदेखि प्रयोग गरिरहेको इमेल ठेगाना र फोन नम्बरको विवरण बुझाउनुपर्ने नियम बनाएको छ ।

खासगरी काम र अध्ययनका लागि अमेरिका जान चाहनेहरूका लागि सामाजिक सञ्जाल, फोन नम्बर र इमेल ठेगानाको विवरण अनिवार्य रूपमा बुझाउनु पर्ने व्यवस्था गरिएको हो ।

 

सामाजिक सञ्जाल प्रयोगबारे कसैले झूटो बोलेको भेटिएमा उसले गम्भीर आप्रवासन परिणाम भोग्ने अधिकारीहरूले बताएका छन् ।

यसअघि आतंकवादी समूह नियन्त्रित क्षेत्रका मानिसहरूले मात्र सामाजिक सञ्जालका गतिविधि भिसा लिनुअघि बुझाउनुपर्दथ्यो ।

राष्ट्रिय सुरक्षा प्राथमिकतामा रहेको भन्दै वैध यात्रा र अमेरिकी नागरिकको रक्षाका लागि लगातार स्क्रिनिङ प्रक्रिया सुधारको मेकानिजम पत्ता लगाउन यस्तो कदम चालिएको अमेरिकाको स्टेट डिपार्टमेन्टले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।