वेष्टर्नले देवसँग विलय स्वीकृति लिन आह्वान गर्यो साधारण सभा

Jun 02, 2019 merolagani

वेष्टर्न डेभलपमेन्ट बैंकले १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । देव विकास बैंकसँग बिलय स्वीकृत गर्ने विशेष प्रस्ताब गर्दै बैंकले साधारण सभा आह्वान गरेको हो । देव विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भईसकेको छ ।

बैंकको साधारण सभा २०७६ असार १२ गते बिहीबार ११ बजे होटल सिटी प्लाजाको सभाहल घोराहीमा दाङमा हुने बैंकले जानकारी गराएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४.७४ प्रतिशत अर्थात ७ करोड ४२ लाख ९९ हजार रूपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । २०७५ असार २६ गतेसम्म कायम शेयरधनीले बैंकले वितरण गर्न लागेको नगद लाभांश प्राप्त गर्न सक्ने छन् ।

त्यस्तै वेष्टर्न डेभलपमेन्ट बैंक र देव विकास बैंकको शेयर स्वाप रेसियो एक बराबर एक कित्ता हुने प्रस्ताव पनि साधारण सभाले पास गर्नेछ । देवसँग प्राप्तिमा जाने प्रयोजनका लागि बैंकको २०७५ असार २७ गते देखि शेयर कारोबार बन्द छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।