मर्जरको प्रस्ताव पारित गर्न साधना र आर्थिक समृद्धि यसरी जुटे

Jun 04, 2019 Merolagani

साधना लघुवित्त वित्तीय संस्था र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था एक आपसमा गाम्भे/गाभिने प्रयोजनका लागि जेठ २५ गते छुट्टाछुट्टै विशेष साधारणसभा बोलाएका छन्।

सो प्रस्ताव पारित गर्न आर्थिक समृद्धि लघुवित्तले होटल मुस्ताङ्ग प्लाजा बन्दीपुर तनहुँमा र साधना लघुवित्त वित्तीय संस्थाले होटल सत्यम गोरखामा जेठ २५ गते विशेष साधारण सभा डाकेका छन्। 

दुबैको साधारण सभाको प्रस्तावमा साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने। हुने मुख्य प्रस्ताव छ। यसैगरि सम्पत्ति तथा दायित्व मूल्याङ्कनबाट प्राप्त भएको शेयर स्वाप रेसियो (साधनाले आर्थिक समृद्धिलाई १००:८० मा प्राप्ती गर्ने) अनुपात स्वीकृत गर्ने, मर्जर कमिटी, संयुक्त मर्जर कमिटी, र सञ्चालक समितिले गरेको निर्णय एवं सो सम्बन्धमा भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्ताव रहेका छन्।

यसैगरि प्राप्तिपछि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, कार्यक्षेत्र विस्तार गरेर राष्ट्रियस्तरको लघुवित्त संस्था बन्ने प्रस्ताव पनि विशेष साधारण सभाले पारित गर्ने एजेण्डा छ।

हाल साधनाको चार करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी छ भने आर्थिक समृद्धिको तीन करोड ६ लाख रुपैयाँ रहेको छ।

वि.सं. २०७४ बाट वित्तीय सेवा सञ्चालन गर्दै आएका गोरखा जिल्ला हरमटारीमा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको साधना लघुवित्तले गते तनहुँ डुम्रेमा रजिष्टर्ड कार्यालय भई १० जिल्ला नै कार्यक्षेत्र भएको आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता सम्पन्न गरेको थियो।

मर्जर पश्चात ३९ वटा शाखा कार्यालय पुग्नेछ भने दुई संस्था गाभिएसँगै सर्वसाधारणबाट उठाएको निक्षेप २१ करोड ९६ लाख रुपैयाँ पुग्नेछ भने ऋण लगानी एक अर्ब दुई करोड रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।