बजेटपछि अलमलमा परेका लगानीकर्ता हेर्दैछन् यस्ता कम्पनी

Jun 04, 2019 Merolagani



नयाँ बजेटले शेयर लगानीकर्तामा उत्साह जगाउने प्रयास गरेपनि एकाएक निराश बनेका लगानीकर्ताहरु अल्पकालिन फाइदा लिनेतर्फ लागेपछि धेरै कम्पनीको शेयरमूल्य घट्ने क्रम जारी छ। मंगलबार पनि अधिकांश कम्पनीको शेयरको मूल्य घटेर कारोबार रकम अघिल्लै दिनको हाराहारीमा सीमित भयो  

अल्पकालिन लगानीकर्ताहरु अनेक हल्लाकावीच तत्काल पूँजीगत लाभ हुने कम्पनीहरुतर्फ आर्कषित भएको देखिएको छ ।

मंगलबार तारागाउँ रेजन्सी होटलको शेयर मूल्य सबैभन्दा धेरै सात प्रतिशतले उकालो लागेको छ । यस्तै गुराँस लघुवित्त, कन्काई विकास बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स, कैलास विकास बेंक लगायतको शेयरमूल्य शेयर मूल्य बढेको छ ।

 

यसदिन जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ६.३८ प्रतिशतले घटेको छ । मल्टिपर्पस फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, मन्जुश्री फाइनान्स लगाएको शेयरमूल्य घटेको छ ।

मंगलबार कारोबारमा आएका १२ उप समुह मध्ये ४ समुहको सूचक मात्रै सकारात्मक देखिएको छ भने अन्य ८ समूहका सूचक राताम्मे बनेका छन् । सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक ४१.०२ अंकले बढेको छ। यस्तै होटल ३२.६७, विकास बैंक २.४९, फाइनान्स ०.४ अंकले बढेका छन् ।

निर्जीवन बीमा कम्पनीको सूचक सबै भन्दा धेरै ५५.०३ अंकले घटेको छ । यस्तै जीवन बीमा माइक्रोफाइनान्स, अन्य समुहको सूचक ओरालो लागेका हुन् ।

यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टसको १२ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंकको ९ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।

 

मंगलबार नेप्से सूचक ३.५६ अंकले घटेर १२८९.२८ अंकमा झरेको छ। १७३ कम्पनीका २२ लाख ५२ हजार ५४६ कित्ता शेयर किनबेच भएर ७१ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भयो । सोमबार ६९ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।