सगरमाथा इन्स्योरेन्सले ८६% बोनस पारित गर्न डाक्यो एजिएम

Jun 06, 2019 Merolagani



सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आव २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ८६ प्रतिशत बोनस शेयर अनुमोदनका लागि असार १३ गते शुक्रबार कम्पनीको २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

अम्रपाली बैंङ्क्वेट भाटभटेनीमा डाकिएको सभाले बैशाख २६ गते सम्पन्न सञ्चालक समितिको २७१ औं बैठकले प्रस्ताव गरेको दश बराबर आठ दशमलव छ कित्ता अनुपातमा ४६ करोड २९ लाख ३१ हजार ३४ रुपैयाँको बोनस पारित गर्नेछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव नगरेकाले कर भने शेयरधनी आफैँले तिर्नुपर्ने हुन्छ। 

यसैगरि सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३, सर्वसाधारणबाट २, र विदेशी लगानीकर्ता र स्वतन्त्र ११ जना गरि एक महिला सहित कूल ७ जना सञ्चालक कायम गर्ने, संस्थागत समाजिक उत्तरदायित्वको खर्च, लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण, तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका मुख्य एजेण्डा छन्।

हाल कामय ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ८६ प्रतिशत बोनस पश्चात बीमा समितिको निर्देशन अनुरुप एक अर्ब १२ लाख रुपैयाँ पुग्नेछ।

२२ औं वार्षिक साधारण सभाका लागि कम्पनीले असार १ देखि शेयर दाखिला खारेज गर्ने भएको छ । यसअनुसार जेठ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने इन्स्योरेन्सका शेयरधनीले मात्र गत आवको बोनस तथा साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।