जनउत्थान लघुवित्तको हकप्रदका लागि बुकक्लोज निर्धारण

Jun 06, 2019 Merolagani

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ।

लघुवित्त सञ्चालक समितिको जेठ २२ गते सम्पन्न १३३ औं बैठकले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि अगामी असार २ गते सोमबार एकदिन शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो। 

जसअनुसार असार १ गते आइतबारसम्म कायम रहने लघुवित्तका शेयरधनीले मात्र निष्काशन हुने हकप्रदमा आवेदन गर्न सक्नेछन्।

लघुवित्तको २०७४ पुस ३० गते सम्पन्न सातौ वार्षिक साधारण सभाले चुक्ता पूँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सो हकप्रद धितोपत्र बोर्डबाट २०७५ जेठ ५ गते स्वीकृत भएको थियो।

बोर्डले लघुवित्तलाई २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। लघुवित्तले हकप्रद जारी गर्न बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरी सकेको छ।

लघुवित्तले गत आव २०७४/०७५ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात हकप्रदपश्चात १० प्रतिशतले हुन आउने ५७ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ। हकप्रद र बोनसपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६५ रुपैयाँ २२ पैसा कायम गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।