मुक्तिनाथ विकास बैंकद्धारा व्यवसायिक साक्षरता तालिम आयोजना

Jun 07, 2019 Merolagani



मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता,ग्राहकहरुमाव्यवसायिक साक्षरता”भन्ने मुलआशयले एक दिने व्यवसायिक साक्षरता तालिम काठमाण्डौमा सम्पन्न गरेको छ ।

व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसायदर्ता र सञ्चालनमाकानुनी पाटो, बजार व्यस्थापनका तरिकाहरु,बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिवृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको थियो। उक्ततालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

बैंकले आयोजना गरेको यस तालिममाबैंकिङ्ग टे«निङ्ग इन्सीटीच्युट, काठमाण्डौबाट सहजीकरण गरिएको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंकले व्यवसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरुलाई जुनव्यवसायी चेतना रवित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसा योग्य रहेको साथै तालिम अति महत्वपुर्ण रहेको धारणाव्यक्त गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाखग्राहकहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमाल्याएको छ ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।