सिभिल बैंकको नयाँ शाखा धनुषाको ढल्केबरमा

Jun 09, 2019 Merolagani

सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ढल्केबार शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो गरेका हुन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले ढल्केबरको बढ्दो आर्थिक गतिबिधि संगै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी गरे ।

बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लाने बैंकका प्रदेश नं २ प्रमुख दिपक कुमार श्रेष्ठ जानकारी गराए । यस्तै उनले बैंकको पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि प्रतिबद्धता व्यक्त गरे ।

यससँगै बैंकको कुल शाखा संख्या ७६ पुगेको बैंकले जनाएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।