जलविद्युत कम्पनीको शेयर मूल्यमा उतार चढाव

Jun 11, 2019 merolagani

शेयर बजारमा मंगलबार धेरै उतार चढाव नआईकन सामान्य कारोबार भयो । कारोबार रकम भने अघिल्लो दिनको भन्दा घटेर ४८ करोडमा सिमित भएको छ । 

केही जलविद्युत कम्पनीको शेयर मूल्य उल्लेखनीय रुपमा बढे पनि केहीको भने घटेको छ ।

 पाँचथर पावर र खानिखोलाको शेयर मूल्य नौ प्रतिशत बढीले बढेकोमा  नेपाल हाइड्रो डेभलपरको भने उल्टो १० प्रतिशतले घटेको छ । 

मौद्रिक नीतिको पर्खाइले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन। जसले गर्दा शेयर बजारमा उच्च उतारचढाब देखिएको छैन भने कारोबार पनि औसत रहेको छ ।

१७४ कम्पनीको कारोबार भएको बजारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ ।

 यसदिन सबैभन्दा धेरै शिवम सिमेन्टको ३ करोड ७८ लाख बराबरको शेयर किनबेच भयो ।

मंगलबार नेप्से ०.१७ अंकले बढेर १२७५.९८ अंकमा पुगेको छ । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।