जनता बैंकले थाल्यो एकै साथ ६ शाखाहरुबाट कारोवार

Jun 12, 2019 Merolagani



जनता बैंक नेपाल (JBNL) ले जेठ २९ गते बुधबार काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी कूल ६ शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ। बैंकले नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलेको हो ।

देशको ग्रामिण तहसम्म बैंकिङ्ग पहुँच पुर्याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको छ। 

मन्थली शाखाको उद्घाटन मन्थली गरपालिकाका मेयर रमेशकुमार बस्नेत, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमीशाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृतसुजितकुमार शाक्यले गरेका थिए।

नयाँ शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायत सम्पूर्ण आधुनिक बैंकिङ्ग सेबा उपलब्ध गराइने बताईएको छ ।

यस सँगै जनता बैंकको शाखा सञ्जाल पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्मशहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कूल १३५ पुगेको छ। यससगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेवा पुर्याउँदै आइरहेको छ ।

बैंकले तनहुँको डुमेमा शाखा उद्घाटन सँगै बृहत निःशुल्क स्वास्थ्य शिविर पनिसम्पन्न गरेको छ। स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनालाई स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधि उपलब्ध गराइएको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।