इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने बिहीबार अन्तिम दिन

Jun 13, 2019 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को ऋणपत्रमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ। बैंकको ऋणपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जेठ ३० गते बिहीबार कार्यालय समयपश्चात निष्काशन बन्द हुने जनाएको छ।

बैंकको ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले बिहीबार कार्यालय समयभित्रै आवेदन गरिसक्नुपर्छ।

बैंकले जेठ २४ गते देखि प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा कूल २० लाख युनिट ऋणपत्र बिक्रीमा ल्याएको थियो। जसमध्ये निष्काशनको ४० प्रतिशतले हुने ८ लाख कित्ता सर्वसाधारणमा जारी गरेको थियो। १२ कित्ता बैंकले व्यक्तिगत तवरबाटै बिक्री गर्नेछ।

लगानीयोग्य रकमको अभाव र पूँजीकोषमा दबाब सिर्जना भएपश्चात बैकले सात वर्ष अवधिको उक्त ऋणपत्र निष्काशन गरेको हो।

चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको पूँजीकोष अनुपात ११.९७ प्रतिशतमा खुम्चिएको छ । गत आवको यसै अवधिमा यस्तो अनुपात १३.२५ प्रतिशत रहेको थियो।

 

दीर्घकालीन लगानी स्रोत जुटाउन बैंकले निष्काशन गरेको ‘१०.५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ मा लगानीकर्ताले सात वर्षसम्म वार्षिक १०.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।

यसमा लगानी गर्नेले शेयर बजारमा शेयरको मूल्यजस्तो सम्पत्तिमा घटबढ नहुने, लगातार वार्षिक १०.५ प्रतिशत ब्याजदर भईरहने, बैंक तथा वित्तीय संस्थाहरुमा ऋणपत्र धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिने विशेषता रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।