नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, हवाई ईन्धन र एलपी ग्यासको यथावत

Jun 17, 2019 Merolagani

नेपाल आयल निगम लिमिटेडले असार १ गते आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । 

 

इन्डियन आयल कपोरेसनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर दुई घटाएको छ ।

समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । साथै हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।