जनउत्थान लघुवित्तको हकप्रद पश्चात शेयरमूल्य समायोजन

Jun 17, 2019 Merolagani

जनउत्थान सामुदायिक लघुवित्तको असार २ गते सोमबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ। लघुवित्तको शतप्रतिशत हकप्रद पछि शेयरमूल्य समायोजन भएको हो।

नेप्सेका अनुसार लघुवित्तको १०० प्रतिशत हकप्रदपछि प्रतिकित्ता ९०० रुपैयाँ शेयरमूल्य समायोजन भएको छ। आइतबार लघुवित्तको प्रतिकित्ता एक हजार ७०० रुपैयाँमा शेयर कारोबार बन्द भएको थियो।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा लघुवित्तको औसत आधारमूल्य एक हजार ४३७ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । 

लघुवित्तले असार १२ गतेदेखि एक बराबर एक अनुपातमा २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता शेयर बिक्री गर्दैछ । यसअनुसार सो हकप्रद असार १ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६५ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।