अमेरिकी प्रतिबन्धबाट हुवावेलाई ३० अर्ब डलर घाटा हुनसक्ने

Jun 19, 2019 merolagani

हुवावेका निर्माता तथा अध्यक्ष रेन झेंगफेले अमेरिकी प्रतिबन्धबाट आफ्नो कम्पनीलाई आगामी २ बर्षमा ३० अर्ब डलर बराबरको घाटा हुनसक्ने आशंका रहेको बताएका छन् ।रेनले आगामी २ बर्षमा विक्री आम्दानी सय अर्ब डलर रहने अनुमान गरेका छन् । जबकि गत बर्ष उक्त आम्दानी २० प्रतिशतले बढेर १०४ अर्ब डलर पुगेको थियो ।

अमेरिकाले १६ मे मा हुवावेलाई कालोसूचीमा राखेको थियो । यससँगै हुवावेले अमेरिकी कम्पनीबाट कुनै पनि प्रकारका प्रविधि किन्न पाउने छैन । अमेरिकी कम्पनीह?का साथ कारोबार गर्न पाउने छैनन ।

चीनले हुवावेको उपकरणह?को प्रयोगबाट जासुसी गर्नसक्ने भन्दै अमेरिकाले लामो समयदेखि आरोप लगाउदै आएको छ । यद्यपी हुवावेले यस विषयलाई अस्वीकार गर्दै आइरहेको छ ।

केही विश्लेषकहरूले हुवावे लामो समयसम्म अमेरिकी प्रविधिबाट टाढा रहेमा एप्पलभन्दा पछाडि पर्ने र अगाडि बढ्नका लागि निकै संघर्ष गर्नुपर्ने बताएका छन् । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।