तारागाउँ रिजेन्सी होटलमा आन्दोलन स्थगित गरेर काममा फर्किने मजदुरमाथि उल्टै कारबाही

Jun 22, 2019 06:14 PM Merolagani

तारा गाउँ रिेजेन्सी होटलमा  आन्दोलन स्थगित गरेर काममा फर्किएका मजदुरमाथि उल्टै कारबाही गर्न ब्यवस्थापन उद्यत बनेको छ ।

ब्यवस्थापनले आन्दोलन गर्न मजदुरलाई उचालेको भन्दै आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालसहित नौ जनालाई कारबाही गरिएको जनाएको छ । दाहालसहित तीन जनालाई निलम्बन गरिएको छ भने अन्य ६ जनालाई काम गर्न बन्देज लगाईएको छ ।

आफ्ना पेशागत माग राख्दै मजदुर तथा कर्मचारीले ६ दिनसम्म आन्दोलन गरेर पछि श्रम तथा रोजगार कार्यालय बागमतिको निर्देशनमा काममा फर्किएका थिए ।

निलम्बनमा परेका दाहालले मेरोलगानीसँग भन्नुभयो - हामीले त श्रम तथा रोजगार कार्यालय बागमतिले मध्यस्थता गर्ने भन्दै कामममा फर्किन आग्रह गरेपछि आन्दोलन स्थगित गरेर काममा फर्किएका हौं, हाम्रो माग सम्बोधन हुन्छ भन्ने आशा थियो, ब्यवस्थापनले उल्टै निलम्बनको पत्र पो दियो ।

मजदुरहरुले थप माग राखेको नभई खाईपाई आएको सुविधामा निरन्तरताको माग मात्र राखेका थिए । तर ब्यवस्थापनले आन्दोलन ऐन विपरित भएको दावी गर्र्दै होटल बन्द गरेको थियो । 

ब्यवस्थापनले मजदुर युनियनका मुख्य नेताहरुलाई निलम्बन गरेकाले त्यो अब आफ्नो संगठनको केन्द्रीय चासोको बिषय बनेको दाहालले बताउनुभयो । नेपाल स्वतन्त्र होटल मजदुरयूनियन र अखिल नेपाल राष्ट्रिय रेष्टुरा होटल मजदुर युनियनले तारा गाउँ रिजेन्सी होटल ब्यवस्थापनलाई सात दिने अल्टिमेटम दिएर निलम्बन फिर्ता र माग पुरा गर्न भनेको छ ।

मजदुरले आन्दोलन फिर्ता लिएपछि ब्यवस्थापनले नेप्सेलाई पत्र लेखेर बन्द गरेको होटलमा फेरि पर्यटक भरिन थालेका छन् । शुक्रबारसम्ममा ४० प्रतिशत कोठाहरुमा पर्यटक भरिएको बताईएको छ ।

होटलमा तारा गाउँ बिकास समितिको शेयर स्वामित्व र जग्गाको बिषयमा संसदीय समिति र अख्तियारले समेत छानविन गरिरहेकाले त्यसलाई मिलाउँन ब्यवस्थापनले मजदुरसँगको विवादलाई मोलतोलको अस्त्रको रुपमा प्रयोग गर्न खोजेको सुत्रहरुको दावी छ ।

होटल ब्यवस्थापनको प्रतिक्रिया लिन जनसम्पर्क अधिकृत गोबिन्दराम परियारसँग सम्पर्कको प्रयास गर्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन ।

एक अर्ब ८८ करोड चुक्ता पूँजी रहेको तारागाउँको सम्पति कम्तिमा ३० अर्बको रहेको अनुमान गरिएको छ । राधेश्याम सर्राफ र आईटीसीका दिनेशलाल श्रेष्ठ समूहले अपारदर्शी रुपमा ब्यवस्थापन संचालन गरी शेयर कर्नरिडं गर्दै लगेको स्रोत बताउँछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।