एलआईसीले हितग्राही खातामै पठाउन थाल्यो बोनस, कागजी शेयर डिम्याट गर्न आग्रह

Jun 23, 2019 12:47 PM Merolagani



नेपाल लाईफ इन्स्योरेन्स कर्पोरेशन (LICN) ले आर्थिक वर्ष २०७३/०७४ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको १२ प्रतिशत बोनस शेयर असार ५ गतेदेखि शेयरधनीको हितग्राही खातामा नै पठाउन थालेको छ।

कम्पनीले साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको दिन फागुन २१ गते भन्दा अघिल्लो दिनसम्म कायम कम्पनीका शेयरधनीहरुलाई बोनस वितरण गर्न सुरु गरेको हो।

हालसम्म पनि शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई बोनस पाउन शेयर अभौतिकिकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ।

साथै कम्पनीले शेयर धितो कर्जा लिएका शेयरधनीहरुलाई सम्बन्धित कम्पनीबाट धितो राखेको शेयर संख्या समेत खुल्ने गरी कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय नेपालएसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा नो अब्जेक्सन लेटर बुझाउन आग्रह गरेको छ ।

कम्पनीको २०७५ चैत ४ गते सम्पन्न १६ औ वार्षिक साधारणसभाले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। १२ प्रतिशत बोनसपछि कम्पनीको पूँजी एक अर्ब ४९ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४।०७५को मुनाफाबाट चुक्ता पूँजी एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँको ३५.४६ प्रतिशत बोनस र ३५.७४ प्रतिशत नगद गरि कूल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसको बुकक्लोज भएको छैन।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।