दाबी भुक्तानीसँग सम्बन्धी मुद्दाको छिनोफानोमा बीमा समिति अग्रसर, ४४% मुद्दाको फैसला

Jun 23, 2019 01:14 PM Merolagani

बीमा समितिले दाबी भुक्तानी सम्बन्धी मुद्धाको छिनोफानोलाई तीब्र पारेको छ। बीमा समितिले गत आर्थिक बर्षदेखि कै दाबी सम्बन्धी मुद्दाहरूको फैसला सुनाउने क्रमलाई तीब्र पार्न थालेको हो।

बिमितहरूबाट आएका उजुरी उपर कारबाही गर्दै मुद्दाको संख्या घटाउँदै लगेको बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाई छ ।

अधिकांश मुद्दाहरू दाबी भुक्तानीमा अन्याय पर्यो भन्दै आउने गरेको उनको भनाई छ । गत आर्थिक वर्ष देखि थाँतीरहेका मुद्दाहरूको छिनाफोनो गर्ने क्रमलाई तीब्र पार्दै लागिएको उनले जानकारी गराए । 

चालु आर्थिक वर्ष भित्र ८३ वटा र अघिल्ला आर्थिक बर्ष देखिका ८३ गरी कुल १६६ मुद्दाहरू दर्ता भएको बीमा समितिको तथ्यांक छ । ती मुद्दामध्ये चालु आर्थिक वर्षको असार ८ गते सम्ममा दाबी भुक्तानीसँग सम्बन्धित ७४ वटा मुद्दाको सुनुवाई भएको र ८९ मुद्धाको फैसला हुन बाँकी रहेको छ । बाँकी ३ मुद्दा दर्ता गर्नेहरू भने सम्पर्कमा आएका छैनन् ।

कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमितहरूले गरेको मागदाबी कम्पनीले अस्वीकृत गरेको अवस्थामा कम्पनीको निर्णय चित्त नबुझे बीमितलाई समितिमा उजुरी दिन आग्रह गरे । दाबी भुक्तानी सम्बन्धीको निर्णयले बीमितमा बीमा क्षेत्रप्रतिको विश्वास बढाउन सहयोग पुग्ने पौडेलको भनाई छ ।

बीमा ऐन २०४९ अनुसार १५ दिन भित्र सर्वेयरले प्रतिबेदन बुझाउनु पर्ने र ३५ दिन भित्र दाबी वापतको रकम भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।