एनआईसी एशिया बैंक र क्यापिटलको डिम्याट खाता शुल्क इसेवाबाटै बुझाउन सकिने

Jun 23, 2019 06:10 PM Merolagani



एनआईसी एशिया बैंक र क्यापिटल डिम्याट खाता हुनेले इसेवाबाट शुल्क बुझाउन सकिने भएको छ। एनआईसी एशिया बैंक तथा क्यापिटलमा हितग्राही खाता खोली कारोबार गर्दै आइरहेका सेवाग्रहीले इसेवा मार्फत हितग्राही खाता तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।

हाल एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्ड सञ्चालन गरिरहेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।