एनआईसी एशिया बैंक र क्यापिटलको डिम्याट खाता शुल्क इसेवाबाटै बुझाउन सकिने

Jun 23, 2019 06:10 PM Merolagani



एनआईसी एशिया बैंक र क्यापिटल डिम्याट खाता हुनेले इसेवाबाट शुल्क बुझाउन सकिने भएको छ। एनआईसी एशिया बैंक तथा क्यापिटलमा हितग्राही खाता खोली कारोबार गर्दै आइरहेका सेवाग्रहीले इसेवा मार्फत हितग्राही खाता तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।

हाल एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्ड सञ्चालन गरिरहेको छ ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।