एनएमबि र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको अनुमति

Jun 24, 2019 12:21 PM Merolagani



एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । प्राइम कमर्शियल बैंकसँग मर्जरको सम्झौता भाँडिएपछि ओम डेभलपमेन्ट बैंकले गत जेठ २ गते एनएमबी बैंकसँग मर्जरमा जाने सहमति गरेको थियो ।

जेठ २ गते मर्जरमा जाने सैद्धान्तिक समहति गरेका एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले असार ८ गते आइतबार सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । 

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ । पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको  बिकास बैंक ओम डेभलपमेन्टको चुक्ता पूँजी पनि २ अर्ब ५१ करोड छ । मर्जरपछि एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी हुनेछन् भने ओमका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्।

मर्जरको सम्झौता गरेका एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको हाल दोस्रो बजारमा शेयर कारोबार रोक्का गरिएको छ । मर्जर सम्बन्धि सम्पूर्ण कार्य सकिएपछि मात्र दुबै बैंकको शेयर कारोबार खुल्नेछ ।

प्राइम कमर्शियल बैंकसँग मर्जरमा जाने सहमति गरेको ओमले स्वाप रेसियो तथा कर्मचारी समायोजनका कुरा नमिलेपछि मर्जरको सम्झौता तोड्ने सम्झौता गरेको थियो । 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।