बैंकर्स सघंका अध्यक्ष ढुङ्गानाले कसलाई भने कालिदास ?

Jun 24, 2019 04:31 PM merolagani

नेपाल बैंकर्स सघंका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानलाई कालिदासको संज्ञा दिएका छन् ।

दुबै उपाध्यक्षले मौद्रिक नीतिका लागि बैंकको ब्याजदर र स्प्रिटदर घटाउन राष्ट्र बैंकलाई सुझाव दिएपछि अध्यक्ष ढुङ्गानाले कालिदासको संज्ञा दिएका हुन् । 

बैंकहरूले उद्योग र व्यापार गर्नका लागि दिने ब्याजदर धैरै भएका कारण मौद्रिक नीति मार्फत ब्याजदर घटाउनुपर्ने सुझाव दिएका थिए । जसको प्रतिक्रयामा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बैंकहरूले सहमति गरेर ब्याजदरमा स्थिरता कायम भएको र यसमा कुनै समस्या भए उक्त सहमति तोडन आफूहरू तयार रहेको बताए ।

यदि बैंकहरूले व्याजदरमा सहमति नगर्नु हो भने व्याजदर बढ्छ । व्याजदरमा सहमति गरेर एउटा बिन्दुमा स्थीर राख्ने बैकर्सह?को कदमलाई नबुझेर बिरोध गरेको सन्दर्भमा अध्यक्ष ढुंगानाले व्यवसायीहरूलाई कालीदास भनेका हुन ।

नेपाल चेम्बरका उपाध्यक्ष कमलेश कुमार अग्रवालले बैंकको ब्याजदर ६ प्रतिशत हुनु पर्ने र स्प्रिड दर साढे तीन प्रतिशत मात्र कायम गर्नु पर्नेमा जोड दिदै मौद्रिक नीतिका लागि सुझाव दिएका छन् ।

नेपाल बैंकर्स सघंका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बिभिन्न कार्यक्रमहरूमा साना तथा मझौला उद्योगीहरुलाई मर्का पर्ने कुरा गरेको उद्योग वाणिज्य माहासंघका उपाध्यक्ष प्रधानको आरोप छ।

बैंकहरूले कुनै पनि घरेलु उद्योगहरूलाई ऋण दिने कुरामा सकारात्मक नभएको आरोप व्यवसायीले लगाएका छन्। जसका कारण उद्योगीहरू साना वित्तीय संस्थाहरूमार्फत चर्को ब्याजदरमा ऋण लिन बाध्य भएको बाणिज्य महासंघका उपाध्यक्ष राणाको भनाई छ।

मौद्रिक नीतिको लागि सुझाव दिन आयोजित कार्यक्रममा व्याजदर सम्वन्धि विवादमा बैंकर्स र व्यवसायीले धेरै समय लिएका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।