सिभिल बैंक लिमिटेडको रौतहटको गरुडामा ८२ औं शाखा

Jun 24, 2019 06:33 PM Merolagani

सिभिल बैंकले शाखा विस्तारको क्रममा रौतहटको गरुडामा ८२ औ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरेका हुन्।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो ।

गरुडा शाखा सहित सिभिल बैंकका ग्राहकहरुले ८२ वटा शाखाबाट सेवा प्राप्त गर्ने भएका छन्।


comments powered by Disqus

प्रदेश ५ को सबै स्थानीय तहमा बैंकिङ्ग पहुँच, २३ स्थानीय तह अझै पहुँच बाहिर

Jul 19, 2019 05:25 PM

चालु आर्थिक वर्ष २०७५/७६ को एघारा महिना सम्ममा प्रदेश पाँचका सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ। राष्ट्र बैंकको अनुसार सात प्रदेश मध्ये प्रदेश ५ को १०९ वटै स्थानीय तहमा शाखा विस्तार भएको हो।