प्रिमियर इन्स्योरेन्सले मर्जर जोडी खोज्ने, साधारण सभा आह्वान

Jun 26, 2019 09:24 AM Tirtha Raj Poudyal

प्रिमियर इन्स्योरेन्स (PIC) मर्जर जोडीको खोजी गरे मर्जर तथा प्राप्तीमा जाने भएको छ। गत आवको नाफाबाट ८४ प्रतिशत बोनस वितरण गरेर बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न लागेको यस कम्पनीले अन्य निर्जीवन बीमा कम्पनीसँग मर्जर वा प्राप्ती गर्न इच्छुक देखिएको हो।

असार ३१ गते मंगलबार बिहान ११ बजे नक्साल ब्याङ्क्वेट नक्सालमा डाकिएको पच्चिसौं वार्षिक साधारण सभामा प्रिमियर इन्स्योरेन्सले निर्जीवन बीमा कम्पनीसँग गाम्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्न लागेको छ।

बैंकिङ्ग क्षेत्र पश्चात बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले पनि मर्जर तथा प्राप्ती नीति अबलम्बन गर्ने भएपछि बीमा कम्पनीहरु आफैँ साधारण सभाबाट प्रस्ताव पारित गराएर सञ्चालक समितिमा  अधिकार प्रत्यायोजन गरि एक आपसमा मर्जर तथा प्राप्तीमा जाने बाटो अङ्गिकार गर्न मार्ग प्रशस्त लागेका हुन्।

यसैगरि पच्चिसौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजी ५८ करोड ४० लाख रुपैयाँको ८४ प्रतिशत बोनसशेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। सभाबाट ४९ लाख ५ हजार ६०० कित्ता बोनस लाभांश अनुमोदन हुनेछ। 

बोनस वितरण पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब ७ करोड ४५ लाख रुपैयाँ नाघ्नेछ । बोनसमा लाग्ने कर भने कम्पनीले आफ्ना शेयरधनीहरुलाई नै तिराउने भएको छ ।

यसैगरि साधारण सभामा सञ्चालक समितिको आव २०७४/०७५ को नाफा/नोक्सान हिसाब, वासलात सहितको वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७५/०७६ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अन्य एजेण्डा छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा ६४ करोड १९ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको बीमा कोषमा ४७ करोड ८८ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३२ पैसा छ।

साधारण सभाका लागि इन्स्योरेन्स कम्पनीले असार २० गते शुक्रबारदेखि शेयर दाखिला खारेजी गर्ने भएको छ । यसअनुसार असार १९ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र ८४ प्रतिशत बोनस प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछ।

प्रिमियर इन्स्योरेन्सको शेयर असार १० गते मंगलबार दोस्रो बजारमा प्रतिकित्ता ९९७ रुपैयाँ बराबरमा कारोबार भएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।