कामना सेवा बैंकको लाभांश पारित

Jun 30, 2019 09:47 AM Merolagani



कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असार १४ गते शनिबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस शेयर गरि कूल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको २० करोड २ लाख १२ हजार ४४१ रुपैयाँ नगद लाभांश र ३ करोड ७५ लाख ३९ हजार ८३२ रुपैयाँ बराबरको शेयर लाभांश उक्त साधारण सभाले अनुमोदन गरेको हो। 

साधारण सभाका लागि जेठ ३१ गतेदेखि बुकक्लोज गरिएकाले जेठ ३० गतेसम्म कायम शेयरधनीले मात्रै साधारण सभाबाट पारित लाभांश पाउनेछन् ।

हाल २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपश्चात २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३५१ रुपैयाँ पूँजी पुगेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।