सिद्धार्थ इन्स्योरेन्सको लाभांश पारित,तीन सञ्चालक निर्विरोध

Jun 30, 2019 10:25 AM Merolagani



सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १५.४८ प्रतिशत बोनस लाभांश पारित भएको छ।

रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा असार १३ गते सम्पन्न कम्पनीको १७ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँको १५.४८ प्रतिशत अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयरमा लाग्ने लाभांश कर भने शेयरधनीले ब्योहोर्नु पर्नेछ । बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।

यस्तै साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्विरोध निर्वचित भएका छन् । साधारण सभाले रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई सञ्चालकमा निर्विरोध चयन भएका हुन् ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।