एभरेष्ट इन्स्योरेन्सको तीन सय प्रतिशत हकप्रद भर्ने सोमबार अन्तिम

Jul 01, 2019 09:51 AM Merolagani



एभरेष्ट इन्स्योरेन्स (EIC) ले बिक्रीमा ल्याएको तीन सय प्रतिशत अर्थात एक बराबर तीन अनुपात हकप्रद शेयर बिक्री असार १६ गते सोमबारदेखि बन्द हुँदैछ। यस हकप्रदमा बैशाख ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन्।

इन्स्योरेन्सको हकप्रदमा सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, एभरेष्ट इन्स्योरेन्स हात्तिसार तथा सम्पूर्ण शाखा कार्यालयहरु, मेरो शेयर तथा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यता अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिनेछ। 

बीमा समितिको निर्देशन अनुरुप एक अर्ब पूँजी कायम गर्न एभरेष्टले जेठ १४ गते मंगलबारदेखि चुक्ता पूँजीको तीन सय प्रतिशत हकप्रद बिक्रीमा ल्याएको हो। बीमा समितिको निर्देशन अनुरुप कम्पनीले गत मंसिर १६ देखि पुस २२ गतेसम्म संस्थापक साधारण शेयर अनुपात मिलाउन यसअघि १०५ प्रतिशत संस्थापक हकप्रद बेचिसकेको कम्पनीले एक अर्ब चुक्ता पूँजी कायम गर्न दोस्रो पटक ३०० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो।

संस्थापक हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ कायम भएको छ । १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद जारीपश्चात एभरेष्टको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

इस्योरेन्सको शेयर असार १५ गते सोमबार धितोपत्रको दोस्रो बजार प्रतिकित्ता ३६२ रुपैयाँमा कारोबार भएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।