हिमाल दोलखाले सर्बसाधारणमा ७६ लाख कित्ता आइपीओ निष्काशन गर्ने, कस्तो छ कम्पनी ?

Jul 03, 2019 09:37 AM merolagani

हिमाल दोलखा हाइड्रोपावरले असार २५ गतेदेखि सर्बसाधारणको लागि ७६ करोड ७२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अयोजना प्रभावितमा बिक्री गर्न खोज्दा बिक्री नभएको १४ लाख ७२ हजार कित्ता शेयर समेत थप गरी सर्बसाधारणमा प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा ७६ लाख ७२ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

कुल निष्काशनमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकीे ७४ लाख ९३ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन दिन पाउने ब्यवस्था रहेको छ ।

आइपीओ खरिदको लागि आवेदन दिन चाहाने लगानीकर्ताले सि आश्वा तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिलमार्फत असार २९ गते सम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै शेयर खरिदको लागि आवेदन नपरेमा लगानीकर्ताले ढिलोमा साउन २४ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपीओलाई केयर नेपाललले औसतभन्दा तल आधार जनाउनेश ’केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।

कम्पनीले यसअघि पहिलो चरणमा गत जेठ १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि १६ करोड रूपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ बिक्री गरेको थियो जसमा १ करोड २७ लाख रूपैयाँ बराबरको १ लाख २७ हजार कित्ता शेयर मात्र बिक्री भएको थियो । सो शेयर कम्पनीले आयोजना प्रभावितमा बाँडफाँड गरिसकेको छ ।
हिमाल दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख र कुल लागत ७२ करोड ५१ लाख ४९ लाख रूपैयाँ रहेको छ भने माई खोला स्मल क्यास्केड हाइड्रोपावर को प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार र कुल लागत एक अर्ब ४२ करोड रूपैयाँ रहेको छ ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्ने कम्पनीले जनाएको छ । माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ बर्ष र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

कम्पनी चालु आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ७ रूपैयाँ ५६ पैसा आम्दानी गर्ने र आव २०७६र७७ मा सञ्चित नोक्सानी सकिएर ८ करोड ६३ लाख सञ्चित मुनाफामा पुग्ने प्रक्षेषण छ ।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपैयाँ छ । आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।