तीन लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट

Jul 04, 2019 12:44 PM Merolagani



विहीबारको शेयर बजारमा तीन लघुवित्तको शेयर मूल्य झण्डै दश प्रतिशतका दरले उकालो लागेको छ । कारोबार खुलेको आधा घण्टा नपुग्दै सूर्योदय, समिट र स्वाभिमान लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

सूर्योदय लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ७२ रुपैयाँले बढेर ७९३ रुपैयाँ पुगेको छ । त्यस्तै समिट लघुवित्तको ४८ रुपैयाँले बढेर प्रतिकित्ता ५३० रुपैयाँ र स्वाभिमान लघुवित्तको शेयर प्रतिकित्ता ३७ रुपैयाँले बढेर ४१६ रुपैयाँ पुगेको छ । 

मार्केट डेप्थमा यी तिनै लघुवित्तको उच्च माग देखिएको छ । सूर्योदय लघुवित्तको शेयर बिक्रेताहरु देखिए पनि समिट र स्वाभिमानको शेयर बिक्रेता देखिएका छैनन् ।

समिटले मर्जर प्राप्ति र शतप्रतिशत हकप्रदको योजना अघि सारेपछि शेयर भाउ उकालो लागेको हो भने स्वाभिमानको नेप्सेमा कारोबार हुन थालेको लामो समय नभएकाले पनि माग देखिएको हो  ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।