तीन लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट

Jul 04, 2019 12:44 PM Merolagani



विहीबारको शेयर बजारमा तीन लघुवित्तको शेयर मूल्य झण्डै दश प्रतिशतका दरले उकालो लागेको छ । कारोबार खुलेको आधा घण्टा नपुग्दै सूर्योदय, समिट र स्वाभिमान लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

सूर्योदय लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ७२ रुपैयाँले बढेर ७९३ रुपैयाँ पुगेको छ । त्यस्तै समिट लघुवित्तको ४८ रुपैयाँले बढेर प्रतिकित्ता ५३० रुपैयाँ र स्वाभिमान लघुवित्तको शेयर प्रतिकित्ता ३७ रुपैयाँले बढेर ४१६ रुपैयाँ पुगेको छ । 

मार्केट डेप्थमा यी तिनै लघुवित्तको उच्च माग देखिएको छ । सूर्योदय लघुवित्तको शेयर बिक्रेताहरु देखिए पनि समिट र स्वाभिमानको शेयर बिक्रेता देखिएका छैनन् ।

समिटले मर्जर प्राप्ति र शतप्रतिशत हकप्रदको योजना अघि सारेपछि शेयर भाउ उकालो लागेको हो भने स्वाभिमानको नेप्सेमा कारोबार हुन थालेको लामो समय नभएकाले पनि माग देखिएको हो  ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।