सानिमा लाइफ इन्स्योरेन्सको ११ प्रकारका घातक रोगका लागि बीमा योजना

Jul 04, 2019 05:10 PM Merolagani

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ ।

‘सानिमा घातक रोग रक्षावरण स्वास्थ्य बीमा योजना’ नाम दिइएको सो योजनामा क्यान्सर, मिर्गौला, अङ्ग दान-‘बोनम्यारो’ प्रत्यारोपण, ‘ओपन हार्ट सर्जरी’, हृदयाघात, मस्तिष्कघात लगायत रोगको उपचारलाई समेटिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। 

सानिमा लाइफ इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमल्सिनाले बीमा योजनाले १८ देखि ५५ उमेर समूहलाई समेट्ने र ५० हजारदेखि ५० लाख रुपैयाँसम्मको बीमा दाबी गर्न सकिने जानकारी दिए।

पैसा र उपचारको अभावमा जनताको अकालमा मृत्यु नहोस् भन्नाका लागि कम्पनीले सो योजना ल्याइएको जानकारी दिँदै यसले जनताको जीवनस्तरमा सुधार ल्याउने जनाइएको छ।

इन्स्योरेन्स कम्पनीले ल्याएको योजना अन्तर्गत जीवन बीमा गर्न चाहानेहरुले निर्धारित बीमा शुल्क तिरेर ११ वटा घटक रोग सुरक्षाको लागि बीमा गर्न सक्नेछन्। बीमा गरेको ब्यक्ति कुनैपनि घातक रोगबाट ग्रसित भएको प्रमाणीत भएमा उल्लेखित शर्तहरुको अधिनमा रही बीमीतलाई मुल बीमाङ्कको आधारमा ५० लाखसम्मको बीमा सुविधा एकमुष्ट उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत न्युनतम बीमा अवधि ५ बर्षदेखि २५ बर्षसम्म रहने छ। इन्स्योरेन्स कम्पनीले निरन्तर डायलसिसको आवश्यकता पर्ने गरी भएको मृगौला विफलता, निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस, मुख्यअंग, बोन म्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत, प्राइमरी पलमोनरी आटिरिअलहाइपर टेन्सन, कडा प्रकृतिको प्रथम हृदयघात, स्थायीप्रकृतिको मस्तिष्कघापत, विषेश कडा प्रकृतिको कोमा, एओर्टा ग्राफ्ट शल्यक्रिया, कोरोनरी धमनीबाईपास ग्राफ्ट लगायतका १८ वटा घातक रोगहरु सुरक्षाको लागि यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत बीमा भएको ९० दिन सम्म प्रतिक्षा अवधि कायम गरिएको छ भने ३० दिन सम्म अस्तित्व अवधि अन्तरगत घातक रोग निरुपण अवधि कायम गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।