तारागाँउ रिजेन्सी होटलले बैंक खातामा नै लाभांश पठाउने

Jul 05, 2019 11:08 AM Merolagani

- हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह।
तारागाँउ रिजेन्सी होटल (TRH) ले गत वर्षको कमाइबाट वितरण गर्ने निर्णय गरेको १२.६३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको डिम्याट खातामा उल्लेख भएको बैंक खातामा नै  पठाउने भएको छ।

कम्पनीको जेठ २४ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १२.६३ प्रतिशत बराबरको २२ करोड ८३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। 

सो लाभांश असार २२ गते आइतबारदेखि नेपाल क्लियरिङ्ग हाउसको आईपिएस प्रणाली मार्फत भुक्तानी हुने कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटलले जनाएको छ ।

होटल्सले साधारण सभा प्रयोजनका लागि जेठ ३ गते शुक्रबार देखि शेयरधनी दर्ता किताब बन्द गरेकाले जेठ २ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै होटल्सले वितरण गर्ने लाभांश पाउनेछन्।

साथै कम्पनीको लाभांश पाउन अझैसम्म शेयर अभौतिकिकरण नगराएका शेयरधनीलाई आफुसँग रहेको शेयर डिम्याट गर्न  र हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन समेत आग्रह गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।