सबैको लघुवित्तको आईपीओ साउन १ गतेबाट

Jul 08, 2019 09:32 AM Merolagani



सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन १ गतेदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरमा ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रथामिक शेयर जारी गर्ने भएको हो।

एनआईबीएल एस क्यापिटल मार्फत निष्काशित हुने कूल ५ लाख ३० हजार कित्ता आईपीओमध्ये ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणका निष्काशनन हुनेछ। ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लघुवित्तको यस शेयरमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर मार्फत साउन ५ गतेसम्म आवेदन गर्न सक्नेछन्।

कम्पनीले जारी गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईपीओग्रेड ४ रेटिङ  दिएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधार रहेको बुझाउँछ।

तनहुँको बन्दीपुरस्थित केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साता अनुमति पाएको थियो। आईपीओ बिक्रीपछि चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। संस्थापक तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ भने चुक्ता भैसकेकोे छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।