न्यादी पावरको साढे ४० करोडकाे आईपीओलाई कमजोर रेटिङ्ग

Jul 11, 2019 05:59 AM Merolagani



न्यादी हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गर्ने साढे ४० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) ले केयर रेटिङ्गस् नेपालबाट कमजोर रेटिङ्ग पाएकोे छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्काशनको लागि क्रेडिट रेटिङ्ग कम्पनी केयर नेपालले औसतभन्दा कमजोर जनाउने ‘केयर एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको हो। ग्रेड ४ रेटिङ्गले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको जनाउँछ।

कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड तथा विद्युत नियमन आयोगमा भने अझै अनुमति मागेको छैन। विद्युत नियमन आयोग र धितोपत्र बोर्डको स्वीकृति पश्चात मात्र आईपीओ बिक्रीमा आउने छ।

सन् २००७ सालमा स्थापना भएको न्यादी हाइड्रोपावरले लमजुङको बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनामा १५-१५ मेगावाटको दुईवटा टर्बाइनमार्फत वार्षिक १७ करोड २२ लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले छ ।  

न्यादी जलविद्युत आयोजना बुटवल पावर कम्पनी र लमजुङ्ग र लमजुङ्ग इलेक्ट्रिकल डेभलपमेन्ट कम्पनीले निमार्या गरिरहेको आयोजना हो। उक्त जलविद्यत आयोजना विंसं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ६ अर्बको लागतमा निर्माण हुने सो आयोजनाको लागतको ७५ प्रतिशत बराबरको चार अर्ब ४० करोड रुपैँया बैंकको लगानी रहेको छ भने प्रवद्र्धकको स्वामित्व पूँजी एक अर्ब ५० करोड रहेको छ ।

आयोजनामा संस्थापक शेयरधनीको एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।