सांग्रिला डेभलपमेन्ट बैंकद्धारा आर्थिक सहयोग

Jul 09, 2019 06:06 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङ घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा सुश्री रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ।

आफ्नो संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले सो सहयोग गरेको हो।

विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले यस बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगले उनको पढाईमा योगदान पु¥याउने विश्वास बैंकले लिएको छ।

जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई चेक हस्तान्तरण गरेका थिए।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।