अमेजनमा लगानी गर्ने २५ हजार साना व्यापारी करोडपति बने, लगानीकर्तालाई हजार गुणा फाइदा

Jul 10, 2019 11:42 AM merolagani



अनलाइन बुक स्टोरबाट सुरूवात गरेको अमेजनले ५ जुलाईमा आफ्नो २५ वर्ष पुरा गरेको छ । घरको ग्यारेजबाट सुरू भएको अमेजन २५ वर्षमा १० खर्ब डलर पूँजीकरणका साथ विश्वकै दोस्रो सबैभन्दा ठूलो कम्पनी बनेको छ । यसका संस्थापक जेफ बेजोस विश्वकै धनी व्यक्ति रहेका छन् ।

अमेजनको प्लेटफर्ममा सामान बिक्री गर्ने २५ हजार भन्दा बढी बिक्रेता हालसम्म करोडपति बनिसकेका छन् । अमेजन हाल ई–कमर्श, इन्टरनेट, क्लाउड कम्प्युटिंग, भिडियो स्ट्रिमिङ तथा आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा विश्वको सबैभन्दा ठूला कम्पनीहरूमध्येको एक रहेको छ ।

तीनजना कर्मचारीवाट शुरू भएको अमेजन हाल ६ लाख कर्मचारीका साथ अमेरिकाकै सबैभन्दा ठूलो रोजगारदाता कम्पनीका रूपमा रहेको छ । १९९७ मा पहिलो पटक कम्पनीको शेयर सार्वजनिक हुदाँ यसको एक शेयर मूल्य १.९६ डलर थियो ।

आज ९९१ गुणाले वृद्धि भएर अमेजनको प्रति शेयर मूल्य १९४२.९१ डलर पुगेको छ ।
टाइम म्यागेजिनले सन् १९९९ मा जेफ बेजेसलाई पर्सन अफ द ईयर र द किंग अफ साइबर कमर्शको उपाधि दिएको थियो । ३५ वर्षको उमेरमा यो पुरस्कार पाउने बेजोस चौथा युवा थिए । एजेन्सी




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।