अविरल वर्षाले सिन्धुपाल्चोकको चाकु खोला जलविद्युतमा क्षति

Jul 10, 2019 02:24 PM Merolagani



सिन्धुपाल्चोकमा रहेको चाकु खोला जलविद्युत केन्द्रको मुहान (इन्टेक) को गेटमा क्षति पुग्दा साढे ६ मेगावाटबाट विद्युत उत्पादन बन्द भएको छ। अविरल वर्षाले आएको बाढीका कारण कम्तिमा ३० करोड बढी क्षति पुगेको हो।

खोलाको बाँधमा नै क्षति पुगेपछि ३ मेगावाटको चाकु खोला तथा १.८ मेगावाटका मध्य र तल्लो चाकुको पनि उत्पादन ठप्प भएको भएपछि सो आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण केन्द्रबाट बाहिरिएको हो।

तीनवटै विद्युतगृहको एउटै बाँधबाट सञ्चालनमा आएकाले सबैको उत्पादन ठप्प भएको हो।

यसअघि पनि जुरे पहिरो, भूकम्प र त्यपछिका प्रकृतिक प्रकोपहरुबाट पनि आयोजना प्रभावति हुँदै आएको थियो।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।