एनएलजी इन्स्योरेन्सको हकप्रदको रेटिङ्ग

Jul 10, 2019 05:23 PM Merolagani

एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि रेटिङ्ग गराएको छ। कम्पनीले निष्काशन गर्ने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ग्रेड ३ रोटिङ्ग प्रदान गरेको छ।

कम्पनीले बीमा समितिले तोकोको चुक्ता पूँजी पुर्याउन १० कित्ता बराबर ६ कित्ताको अनुपातमा ३८ लाख ४२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सको जेठ १४ गते मंगलबार सम्पन्न विषेश साधारण सभाले चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँ बराबरको ६० प्रतिशत हकप्रद निष्काशनको निर्णय गरेको थियो। हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणबाट बोनस वितरण गरी अपुग चुक्ता पूँजी हकप्रद जारी गरी पुर्याउने तयारी गरेको भएपनि साधारण सभा सम्पन्न गर्न समय लाग्ने भएपछि हकप्रदको बाटो अंगालेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।