शुरु नै हुन नपाई धितोपत्र बोर्डबाट किन रोकियो मार्जिन ट्रेडिङ्ग कारोबार ?

Jul 11, 2019 06:18 AM Merolagani

सुधा देवकोटा ।
नेपाल स्टक एक्सचेञ्जले ८ वटा ब्रोकर कार्यालयलाई मार्जिन ट्रेडिङ्ग कारोबार गर्न अनुमति प्रदान गरेको दुई सातासम्म पनि लगानीकर्ताले मार्जिन सुबिधा प्राप्त गर्न सकेका छैनन् ।

मार्जिन खाता सञ्चालन कार्यविधी धितोपत्र बोर्डबाट स्वीकृत नहुँदा मार्जिन कारोबार केही दिन पछाडि धकेलिएको हो । 

मार्जिन खाता सिडिएसीको प्रणालीसँग जोडिने छ । मार्जिन कारोबार गर्न लगानीकर्ताले मार्जिन खाता खोल्नुपर्ने हुँदा यस सम्बन्धी छुट्टै मार्जिन खाता सम्बन्धी कार्यविधि बनाउनु परेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। कार्यविधि सम्बन्धी सम्पूर्ण काम सिडिएसीको तर्फबाट सम्पन्न गरेर धितोपत्र बोर्ड पठाइसकेको भए पनि स्वीकृति नआएको न्यौपानेले बताए ।

मार्जिन खाता सञ्चालन गर्ने कार्यबिधि धितोपत्र बोर्डबाट स्वीकृत भएपछि मार्जिन कारोबार गराउन आफूहरु नीतिगत र प्राविधिक रुपमा तयार रहेको न्यौपानेले जनाए ।

मार्जिन खाता सञ्चालन सम्बन्धी कार्यविधि धितोपत्रमा छलफलको क्रममा नै रहेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी गराए । उक्त कार्यविधिलाई छिट्टै टुङ्गोमा पुर्याउने गिरीले बताएका छन् ।

यता ब्रोकर तर्फबाट पनि केही ढिला हुन सक्ने देखिन्छ । ब्रोकरहरु मार्जिन कारोबार गराउने सम्बन्धी ब्याकअप सिस्टम परीक्षणको प्रकृयामा रहेको सेक्यूर्ड सेक्युरिटिजका सञ्चालक सन्तोष मैनालीले जानकारी गराए । यदि उक्त ब्याकअप सिस्टममा कुनै खराबी नदेखिएको खण्डमा चाँडै नै मार्जिन कारोबार सुरु गर्न सकिने संभावना मैनालीले व्यक्त गरे ।

गत असार १२ गते बिहिबार ८ वटा ब्रोकर कम्पनीहरुले नेप्सेबाट मार्जिन कारोबारका लागि स्विकृति पाएका थिए । ब्रोकर कम्पनीहरुमा क्रिस्टल कंचनजंघा सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस, सेक्युर्ड सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनीले नेप्सेबाट मार्जिन कारोबार सेवा प्रदान गर्न अनुमति पत्र प्राप्त गरेका हुन् ।

मार्जिन सेवाका लागि अन्य सात वटा ब्रोकर कम्पनीले पनि नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाइसकेका छन् । यद्यपि नेप्सेबाट स्वीकृतिको लागि प्रकृया अन्तिम चरणमा पुगेको नेप्सेले जनाएको छ ।

शेयर बजारमा मार्जिन ट्रेडिङ्गबारे लगानीकर्ताले लामो समयदेखि चासो दिदै आएका छन् । लगानीकर्ताको चर्को दवाव दिए सँगै नियामक निकायले मार्जिन कारोबार गर्नसक्ने व्यावस्था गरेको हो ।

यसरी ठूलै सघर्ष गरेर प्राप्त गरेको सुबिधामा पनि लगानीकर्ताले नेप्सेमा सूचीकृत भएका सबै कम्पनीबाट मार्जिन कारोबार गर्न भने सक्ने छैनन् । जसमा नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २९ वटा कम्पनी मात्र मार्जिन कारोबार गर्न योग्य रहेको र यसका लागि लगानीकर्ताले निश्चित प्रकृया पुरा गर्नुपर्ने हुन्छ ।

लगानीकर्ताले ५० प्रतिशत रकम जम्मा गरेपछि शेयर दलालले थप ५० प्रतिशत रकम कर्जाको रुपमा उपलब्ध गराएर शेयर खरिद गरिदिने प्रकृया नै मार्जिन कारोबार हो । यसले शेयर बजारलाई थप केही चलायमान बनाउँने अपेक्षा गरिएको छ । तर  शुरुवातमै ढिलाई भएकाले आशा जाग्न सकेको छैन । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।